१० चैत्र २०८१, सोमबार March 24, 2025

माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा कडेल

१२ मंसिर २०७८, आईतवार
माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा कडेल

कैलाली । माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा देबिदत्त कडेल निर्विरोध चयन भएका छन् । कडेलको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा भोजराज सापकोटा, हर्क नेगी र खगराज भुसाल सचिबमा गोविन्द चौधरी,कोषाध्यक्ष गौतम सिं विक र सहसचिब पार्वती बुढाऐर रहेका छन् ।
राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव) को प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न भएको छ ‌।