धनगढी । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँ स्थित दाइजो कृषि सहकारी संस्था लिको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुर प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री दीर्घबहादुर सोडारी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोडारीले सहकारीको माध्यमबाट किसानलाई सहयोग गर्ने बताए । अहिले सरकारले सहकारीहरुका माध्यमबाट किसानलाई एकिकृत खेती, उन्नत बिउबिजन तथा मुख्यमन्त्री कार्यक्रम मार्फत सहयोग गरिरहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी धनगढी उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख हरिसिंह साँवद रहेका थिए । अतिथीमा देवहरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना, शिव नगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु रहेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष चन्द्रकिरण रानाले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गेरेकी थिइन् भने लेखा समिति संयोजक पुरना रानाले आर्थिक वर्ष २०७७/०७८ को ४ करोड १७ लाख ५४ हजार नौ सय बराबरको आयव्याय प्रस्तुत गरेका थिए ।
संस्थाका व्यवस्थापक बासुदेव रानाले अगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ५ करोड ९५ लाख ३० हजार चार सयको बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने हरुमा शेयर सदस्यहरुमा पार्वती चौधरी, लाल बहादुर राना, कृष्णकुमार राना, सिट्ठु राना, सर्जृ राना, सिया राम राना, चैता राना, बसन्तो देवी राना, कल्पना देवी राना, भजन राना, जयलाल राना, पृथ्वी राना, रामबाबु राना, सविता राना, विशाल राना, जगता राना, भागरती राना, दमोदर शाहु, पशुपतिशिक्षा मन्दिर रहेका छन् ।
यसै बिच सहकारीको नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसको अध्यक्षमा मानबहादुर राना, उपाध्यक्षमा कौसिल्या राना, सचिवमा दिपक राज जोशी रहेका छन् । सदस्यहरुमा क्रमशः कालीराम राना, रामऔतार राना, भागी राम राना, सरिता चौधरी, सिता राम राना, लालमति राना, भगिरथ राना लेखा समिति संयोजक नन्दगोपाल राना, सदस्य मनिषा राना र निर्माला चौधरी (राना) रहेका छन् ।