९ जेष्ठ २०८१, बुधबार May 22, 2024

काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

१० मंसिर २०७८, शुक्रबार
काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए ।
‘प्रदेश अधिवेशनमा सहभागि हुन नौँ वटै जिल्लाबाट प्रतिनिधी आउने छन्,’ शाहले भने, ‘उनीहरुको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी कैलाली काँग्रेसलाई दिइएको छ । प्रदेश अधिवेशनको व्यवस्थापनकै लागि जिल्ला अधिवेशन केही समयका लागि स्थगित गरिएको हो ।’
पार्टी सभापति शाहले जिल्ला अधिवेशन प्रदेश वा केन्द्रीय अधिवेशनपछि गर्नेबारे पार्टी भित्र छलफल भइरहेको बताए । सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते गर्ने तयारी छ ।