१३ बैशाख २०८२, शनिबार April 26, 2025

हिंसामुक्त गाउँपालिका घोषणाका लागि नीति तथा कार्यक्रम ल्याएका छौ : अध्यक्ष चौधरी

९ मंसिर २०७८, बिहीबार
हिंसामुक्त गाउँपालिका घोषणाका लागि नीति तथा कार्यक्रम ल्याएका छौ : अध्यक्ष चौधरी

हसुलिया । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले महिला हिंसा न्यूनीकरण गर्न र गाउँपालिकालाई नै हिंसामुक्त गाउँपालिका घोषणाका लागि नीति बजेट र कार्यक्रम ल्याएको बताएका छन् ।
‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले त्यसका लागि नीति बजेट र कार्यक्रम ल्याएको बताए हुन् ।
‘महिला हिंसामुक्त गाउँपालिकाका लागि हामीले नीति बजेट र कार्यक्रम ल्याएका छौँ’, अध्यक्ष चौधरीले भने–‘उक्त नीति बजेट र कार्यक्रम हामीले तदारुकताका साथ कार्यान्वयन गर्दै चाँडै नै हिंसामुक्त गाउँपालिका घोषणा गर्नेछौ ।’
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका अध्यक्ष चौधरीले कानुनमा विभिन्न किसिमका व्यवस्था भए पनि हिंसा हुने दरमा कमी नआएको बताए । विपतको समयमा होस् अथवा सामान्य अवस्थामा महिलाहरु नै लैङ्गिक रुपमा अति नै पीडा भोग्नु पर्ने अवस्था रहेको उनले बताए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले महिलाहरुको सशक्तिकरण हिंसा न्युनीकरणबाट मात्रै नहुने बताउँदै उनले महिलालाई सामाजिक र आर्थिक सशक्तिकरण संगै निर्णायक र नेतृत्वदायी भुमिकासम्म पुर्याउनु पर्ने बताइन् ।
कार्यक्रमा समीक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष उर्मिला चौधरी, ओरेक नेपालकी विष्णु रेग्मीले पनि मन्तव्य राखेका थिए ।
नोभेम्बर २५ देखि सञ्चालन भएको अभियान अगामी १० डिसेम्बरसम्म कैलारी गाउँपालिका अन्र्तगत विभिन्न किसिमका कार्यक्रम गरि मनाइने महिला तथा बालबालिका शाखा प्रमुख बाल कुमारीले जानकारी दिइन् ।


अभियान अन्र्तगत पारिवारिक संवाद कार्यक्रम, महिला पुरुष समविकास तालिम, सासू बुहारी अन्तरक्रिया कार्यक्रम, बालविवाह न्युनीकरण र लागुऔषध दुव्र्यसन न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने प्रमुख चौधरीले बताइन् ।
कैलारी गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको अभियानलाई सफल पार्नका नेपाल रेडक्रस सोसाईटी एमरेड परियोजना, मर्सिकोर, ओरेक नेपाल, सामाजिक सेवा अध्ययन केन्द्र, समीक्षा महिला बहुउद्देश्यी सहकारी संस्था, पारदर्शी, चेतनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, कालिका कृषि सहकारी संस्था, दलित महिला अधिकार मञ्च लगायत संघ संस्थाकोे सहकार्य रहेको छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । अभियानबारे महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए ।