२ बैशाख २०८१, आईतवार April 14, 2024

माओवादी केन्द्र गौरीगंगामा ११ वडामा सर्वसहम नेतृत्व चयन

५ मंसिर २०७८, आईतवार
माओवादी केन्द्र गौरीगंगामा ११ वडामा सर्वसहम नेतृत्व चयन

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गौरीगंगा नगरपालिका का ११ वटा वडा अधिवेशन सम्पन्न भएका छन । देशभर एकै पटक शनिबार माओवादी केन्द्रले वडा अधिवेशन तोकेको थियो। अधिबेशनले वडा कमिटी सँग नगर प्रतीनिधी पनि चयन गरेको छ । ११वटा वडामा २९ सदस्यीय समिति सर्वसहमतिले चयन सहित ३१९ जना वडा कमिटीको जिम्मेवारीमा समेटिएका छन् । वडा सम्मेलनबाट ४०० जना नगर प्रतिनिधि चयन भएका छन् ।
गौरीगंगाका ११ वडाका अध्यक्षहरुमा क्रमश
१– अध्यक्ष – जितेन्द्र सावँद
२–अध्यक्ष – सिद्ध ताम्राकार
३– अध्यक्ष – खुशिराम चौधरी
४– अध्यक्ष – खेम आचार्य
५– अध्यक्ष – पर्शुराम बुढामगर
६– अध्यक्ष – राम बाहादुर पार्कि
७–अध्यक्ष – हुकुम बाहादुर ताडि
८– अध्यक्ष – हिरालाल चौधरी
९– अध्यक्ष – महासिह धामी
१०– अध्यक्ष – रामकृष्ण चौधरी
११ अध्यक्ष – रमेश कुमार चौधरी