२२ भाद्र २०८१, शनिबार September 7, 2024

कृषकलाई बाख्रा मूल्य श्रृङखला सम्बन्धि तालिम

४ मंसिर २०७८, शनिबार
कृषकलाई बाख्रा मूल्य श्रृङखला सम्बन्धि तालिम

राम अवतार चाैधरी
कपिलवस्तु ।
कपिलवस्तुको शिवराज-१, शिवपुरमा बाख्रा मूल्य श्रृङखला सम्बन्धि दुई दिने तालिम सम्पन्न भएकाे छ ।
किडार्क नेपालकाे आयाेजना, स्ट्राेम फाउन्डेसनकाे सहयाेग र बनकसबासा बाख्रा पालन व्यवस्थापन समिति तथा शिवराज पशु शाखाकाे समन्वयमा भएकाे तालिम शनिबार सम्पन्न भएकाे आयाेजकले जनाएको छ ।
शिवराज नगरपालिका पशु शाखा प्रमुख धनेश्वर खनालले तालिमलाई सम्बाेधन गर्दै फिरिज गरेकाे मासु खाँदा स्वच्छ रहने बताएका छन् । ताजा काटेकाे मासु खाँदा प्रभावकारी नभएकाे जनाउँदै कृषकले व्यवसायिक रुपमा बाख्रा पालन गरि आत्मनिर्भर हुनु जरुरी रहेकाे उनले बताए ।
परम्परागत तरिकाले नभई आधुनिक उपकरण तथा स्थानीय स्राेत साधनको प्रयाेग गरि आर्थिक उपार्जन गर्न तालिमले टेवा पुग्ने शाखा प्रमुख खनालले जनाए । कृषकले पालेकाे बाख्राकाे मूल्य निर्धारण आफैले गर्नेुपर्ने बताउँदै नियमित आैषधी र मासु सफासँग काटेर कम्तिमा १२ घण्टा जति चिसाएर मात्र खानु उपयुक्त रहने उनले बताए ।
त्यसैगरी किडर्क नेपाल जिल्ला संयाेजक कृष्ण बहादुर रावलले यस कार्यक्रमले कृषकलाई प्रभावकारी हुने बताउँदै आगामी दिनमा अझै समुदायसँग सहकार्य गरेर जाने जिकिर गरे । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न तालिमकर्तालाई आग्रह गर्दै पशु पालन गरेका पशुहरुकाे मूल्य निर्धारण गर्ने स्वयं कृषकले गर्नु आवश्यक रहेकाे समेत रावलले जानकारी दिए ।
उक्त कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारी, हाेटल व्यवसायी लेखनाथ घर्ती, माधव प्रसाद आचार्य र हेमराज गिरी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए । साथै शिवराज र बुद्धभुमि नगरपालिकाका २० जना कृषकहरुकाे सहभागीता रहेकाे थियाे ।