२७ आश्विन २०८१, आईतवार October 13, 2024

माओवादी पार्टीद्वारा कैलारी गाउँपालिकाको वडामा नेतृत्व चयन

४ मंसिर २०७८, शनिबार
माओवादी पार्टीद्वारा कैलारी गाउँपालिकाको वडामा नेतृत्व चयन

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को शनिवारदेखि प्रथम वडामा नेतृत्व चयन कार्य सुरु भएको छ । वडा सम्मेलनमार्फत वडाहरुमा नयाँ नेतृत्व चयन गर्न थालिएको हो । 
सोही क्रममा कैलारी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ९ मा वडा सम्मेलन भएको छ । सम्मेलनबाट सर्वसम्मतले वडा कमिटी चयन गरिएका छन् । 
वडा नम्बर ३ मा छोटेलाल चौधरी वडा कमिटीको अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा चानुराम चौधरी, सचिवमा सीताराम चौधरी, सहसचिवमा भागीराम चौधरी र कोषाध्यक्षमा रञ्जिता चौधरी चयन भएका छन् । सो वडामा भएको सम्मेलनमा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमुख अतिथि र उपाध्यक्ष लक्ष्मी सत्गौंवा विशिष्ट अतिथि रहेका थिए । 

May be an image of 4 people and people standing
यस्तै, वडा नम्बर ४ मा देव नारायण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । सम्मेलनबाट उपाध्यक्षमा योगेन्द्र सुनार, सचिवमा भीम तिरुवा, सहसचिवमा टेकबहादुर नेपाली र कोषाध्यक्षमा कमला चौधरी चयन भएका छन् । माओवादी केन्द्र कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीको आतिथ्यतामा सम्मेलन भएको थियो । 
यसैगरी, वडा नम्बर ५ को अध्यक्षमा ओमप्रकाश चौधरी, उपाध्यक्षमा भागीराम चौधरी, सचिवमा मिना चौधरी, सहसचिवमा बालकराम चौधरी र कोषाध्यक्षमा शिवकुमार कठरिया सर्वसम्मतले चयन भएका छन् । माओवादी केन्द्रका नेता मिसन चौधरीको आतिथ्यतामा सो वडामा सम्मेलनमा भएको थियो । वडा नम्बर ५ मा २९ सदस्यीय वडा कमिटी रहने जनाइएको छ । सम्मेलनबाट २६ जना चयन गरिएको छ । बाँकी तीन जना सदस्य मनोनित गर्ने जनाइएको छ ।