२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

प्रेस सेन्टर नेपाल कैलाली अध्यक्षमा तेज राज भट्ट

३ मंसिर २०७८, शुक्रबार
प्रेस सेन्टर नेपाल कैलाली अध्यक्षमा तेज राज भट्ट

धनगढी । प्रेस सेन्टर नेपाल कैलालीको पाँचौ जिल्ला अधिबेशन आज धनगढीमा सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल कैलाली अध्यक्ष हरिष बिकको अध्यक्षतामा भएको भेलाले तेजराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्कोटे , सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, कोषाध्यक्ष राम दहित रहेका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेमराज पाण्डे र दिपक टमट्टा, रहेका छन ।
साथै भेलाले प्रदेश प्रतिनिधिमा धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई चयन गरेको छ ।