२ बैशाख २०८१, आईतवार April 14, 2024

नेपाल आइस बियरको टिकटक प्रतियोगिता हुने

३० कार्तिक २०७८, मंगलवार
नेपाल आइस बियरको टिकटक प्रतियोगिता हुने

कैलाली । चौधरी ग्रुप अन्तर्गत रहेको सि. जि. ब्रुअरि नेपालले “नेपाल आइस हातमा” नामक टिकटक प्रतियोगीता गर्ने भएको छ । प्रतियोगितामा सहभागी हुनेहरुले नेपाल आइस बियरको अफिसियल टिकटक च्यानल बाट नेपाल आइस हातमा नामक गित छनोट गरि उक्त प्रतियोगितामा भाग लिन सक्नेछन ।
सहभागीहरुले भिडियो बनाइसकेपछि आफ्नो प्रोफाइलमा पोस्ट गर्दा नेपाल आईस बियरको च्यानललाई ट्याग गर्नुका साथै #NepalIceHattma #NepalIce #Nepal’sPride ह्यास्ट्याग प्रयोग गर्नुपर्नेछ ।
उक्त प्रतियोगीतामा प्रथम हुने बिजेताले रु एक लाख ५० हजार जित्नेछन भने पाँच जना उत्त्रृmष्ट सहभागीहरुलाई जनहि रु २५ हजार प्रदान गरिने कम्पनीले जनाएको छ । नेपाल आईस बियरको ब्राण्ड झल्किने खालका लोगो, शब्द, संगीत वा हावभाव प्रयोग गरिएको रचनात्मक र मौलिक भिडियोहरुलाई प्रतियोगीतामा सर्टलिस्टेड गरिनेछ । प्रतियोगीताका नियम र सर्तहरू तथा अन्य जानकारीका लागी प्रतियोगीहरुले नेपाल आईस बियर फेसबुक पेजमा सम्पर्क गर्न सक्नेछन । टीकटक प्रतियोगितामा भाग लिने अन्तिम मिति मंसीर १२ गते सम्म रहेको कुरा प्रादेशिक विक्री प्रबन्धक मनोज कुमार घिमिरेले बताउनु भयो ।