७ फाल्गुन २०८१, बुधबार February 19, 2025

लामो अवधिको जन्मान्तरका लागि घुम्ती शिविर

३० कार्तिक २०७८, मंगलवार
लामो अवधिको जन्मान्तरका लागि घुम्ती शिविर

हसुलिया। कैलालीको कैलारी गाउँपालिकामा लामो अवधिको जन्मान्तरका लागि सेटेलाइट क्लिनिक घुम्ती शिविर सोमबारदेखि सुरु भएको छ ।

कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ स्थित मनाउँ आधारभूत स्वास्थ्य केन्द्रबाट घुम्ती शिविरको सुरुवात गरिएको हो । सो ठाउँमा भएको शिविरमा ३२ जना महिलाले लामो अवधिको जन्मान्तरका लागि सेवा लिएका छन् । पाँच वर्षसम्म जन्मान्तरका लागि ३१ जनाले इम्प्लान्ट र १२ वर्षसम्म जन्मान्तरका लागि एक जनाले आइयुसीडी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । मङ्गलबार बनकट्टा आधारभूत स्वास्थ्य केन्द्र र बुधबार गदरिया स्वास्थ्य चौकीमा शिविर आयोजना हुने जनाइएको छ ।

शिविरमा गाउँपालिकाका लेखापाल दीपेन्द्र चौधरी, स्वास्थ्य शाखाका कर्मचारीको उपस्थिति रहेको थियो । सिनीयर अनमी सृजना चौधरी र सिनीयर अनमी निरीक्षक बिन्द्रा आचार्यले सेवाग्राही महिलालाई सेवा प्रदान गरेका थिए ।