२१ मंसिर २०७९, बुधबार December 7, 2022

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्दको घोषणा

२५ कार्तिक २०७८, बिहीबार
पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्दको घोषणा

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै ३० गते नेपाल बन्दको घोषणा गरेका छन् । उक्त पार्टीले बिहीबारदेखि नै पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले बुधबार रातिदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।