९ जेष्ठ २०८१, बुधबार May 22, 2024

‘सजन मोर’ मा नरेश र मधुको रोमान्स

१५ कार्तिक २०७८, सोमबार
‘सजन मोर’ मा नरेश र मधुको रोमान्स

कैलाली । दर्शकहरुले यसपालि थारू म्युजिक भिडियो ‘सजन मोर’ मा चर्चित मोडल नरेश चौधरी र मधु चौधरीको रोमान्स हेर्न पाउने भएका छन् ।
भिडियोको छायांकन सम्पन्न भएसँगै धमाधन भिडियोको एडिटिङ्ग भइरहेको निर्माण पक्षले जनाएको छ । कार्तिक १७ गते दिपावलीको अवसर पारि भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । सुरजदेव कुशम्याको निर्देशनमा बनेको भिडियोमा सिनेमाअटोग्राफी रोशन चौधरीको रहेको छ ।
शब्द संगीत रामकुमार चौधरीको रहेको गीतमा स्वर एके चौधरी र अन्नु चौधरीको रहेको छ भने एरेन्ज गणेश चौधरीले गरेका छन् ।