७ फाल्गुन २०८१, बुधबार February 19, 2025

हसुलियामा अन्तराष्ट्रिय बालिका दिवस मनाइयो

२५ आश्विन २०७८, सोमबार
हसुलियामा अन्तराष्ट्रिय बालिका दिवस मनाइयो

कैलाली । कैलालीको कैलारी गाउँपालिका हसुलियामा अन्तराष्ट्रिय बालिका दिवस २०२१ मनाइएको छ । अक्टोबर ११ को दिन मनाईने दिवस नेपालमा यस वर्ष Digital generation : Our generation भन्ने मुलका साथ मनाईएको हो ।
अन्तर्राष्ट्रिय बालिका दिवस अवसरमा गाउँपालिकामा मास्क वितरण तथा बाल अधिकार, बाल दुव्र्यवहार, बालबालिकाहरु माथि हुने हिंसा र न्युनिकरणका प्रयासहरु तथा किशोरि र प्रजनन स्वास्थ्य भन्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बालबालिकालाई शिक्षा, स्वास्थ्यका लगायत विभिन्न क्रियाकलापमा सहयोग गर्दै आएको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवाले बालकहरु भन्दा बालिका विभिन्न किसिमका जोखिममा पर्ने भएको विशेष ध्यान दिनु पर्ने बताइन् । कार्यक्रममा कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी, ओरेक नेपालकी कार्यक्रम अधिकृत गीता चौधरीले आफ्नो विचार राखेका थिए ।
कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको सहकार्य ओरेक नेपालले गरेको थियो । कार्यक्रममा गाउँपालिका अन्र्तवगतका विभिन्न विद्यायलका छात्राहरुको सहभागिता रहेको थियो ।