८ बैशाख २०८१, शनिबार April 20, 2024

एकता प्रगतिशिल बचत सहकारीको भवन राज्यमन्त्री चौधरीद्वारा उद्घाटन

२४ आश्विन २०७८, आईतवार
एकता प्रगतिशिल बचत सहकारीको भवन राज्यमन्त्री चौधरीद्वारा उद्घाटन

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगर स्थित एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुई कोठे भवनको उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमका बिच भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले भवनको उद्घाटन गरेकी हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशको १३ लाख अनुदान सहयोगमा निर्मित भवनले सहकारीलाई कार्य सम्पादनमा सहयोग पुग्ने बताइएको छ ।
सहकारीको ११औं वार्षिकोत्सवलाई समेत सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले सहकारीलाई सहुलियत दरमा ऋण प्रवाह गर्न आग्रह गरेकी थिइन् । चुवानीताका गरेको बाचा क्रमिक रुपमा पुरा गर्दै राज्यमन्त्री चौधरीले गाउँघरको विकास निर्माण, खानेपानी, शिक्षा स्वास्थ्य, बाटोघाटो लगायतका विषय आफ्नो प्राथमिकाताको विषय रहेको बताएकी थिइन् ।