८ बैशाख २०८१, शनिबार April 20, 2024

डुंगा पल्टिदा एक जना बेपत्ता

२४ आश्विन २०७८, आईतवार
डुंगा पल्टिदा एक जना बेपत्ता

कैलाली । कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन् । सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन् । डुंगा पल्टिदा चौकुने–१० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो । डुंगामा पाँच जना सवार थिए । अनिता बाहेक सबैको सकुशल रहेछ छन् । घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।