१० चैत्र २०८१, सोमबार March 24, 2025

उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार

१७ आश्विन २०७८, आईतवार
उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको थप सेवासहित नयाँ भवनको उद्घाटन गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका थिए ।
स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ल्याव, फार्मेसी सेवाका साथै एम्बुलेन्स सेवा सुरु भएको छ । कार्यक्रममा रामचरण चौधरी, बतासु चौधरी, खेम चौधरी, साहेवलाल चौधरी, लालबहादुर चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कैलारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष दुःखीराम कठरियाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन स्वास्थ्य केन्द्र प्रमुख रामकिशोर चौधरीले गरेका थिए ।