२१ कार्तिक २०८२, शुक्रबार November 7, 2025

भुँईयाँफाँटामा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता हुने

२१ आश्विन २०८२, मंगलवार
भुँईयाँफाँटामा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता हुने

हसुलिया, २१ असोज । कैलारी गाउँपालिका वडा नम्बर ७ भुँईयाफाँटामा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता २०८२ हुने भएको छ ।
दहित समूहको आयोजना तथा संरक्षण यूवा क्लब भुँइयाफाँटाको सहयोगमा प्रतियोगिता हुने भएको हो । दसैँको अवसरमा असोज १७ प्रतियोगिता राखिएको थियो । तर, बर्षातका कारणले स्थगित प्रतियोगिता अगामी कार्तिक २ गते पुनः हुने भएको हो ।
प्रतियोगिताको प्रथम पुरुस्कार २१ हजार १५१ र द्धितीय पुरुस्कार ११ हजार १५१ र तृतीय पुरस्ककार पाँच हजार १५१ रहेको छ ।
प्रतियोगिताका लागि इन्ट्री फि एक हजार रहेको छ । भने रि इन्ट्रीका लागि आठसय रहेको आयोजक दहित समूहका भुवनेश्वर दहितले जानकारी दिए । उनले ४० भन्दा कम टिम उपस्थित भएमा पुरुस्कार राशी सोही अनुसार हुने पनि बताए ।
टिम दर्ता कार्तिक २ गते बेलुकासम्म रहने र खेल सञ्चालन साँझ ७ बजे देखि सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।