धनगढी, १४ कात्तिक । दिपावलीको अवसर पारेर सुलभ फिल्मस् प्रालिले नयाँ थारु म्युजिक भिडियो ल्याएको छ ।
प्रालिले चर्चित मोडल रितु चौधरी र विनर चौधरीको मुख्य अभिनय रहेको थारु कल्चरल म्युजिक भिडियो ‘फुलीगैलैँ गेंडा गोडौली’ ल्याएको हो । निम चौधरी प्रोड्युसर रहेको म्युजिम भिडियोमा अन्य कलाकारहरुमा रेमु चौधरी र गीता नेपाली रहेका छन् ।
शब्दसंगीत गायक खुशी रत्गैंयाको रहेको गीतमा खुशी रत्गैंया र आरजु चौधरीले स्वर दिएका छन् । म्युजिक भिडियोको स्टोरी तथा डाइरेक्सन आदर्श महतोले गरेका छन् भने मुख्य क्यामेरा पर्सनमा दया शंकर चौधरीको रहेको छ ।
त्यसैगरी असिस्टेन्ट क्यामेरा पर्सनमा छल्लु दादा र सलोन चौधरी रहेका छन् । म्युजिकको प्रोडक्सन म्यानेजरमा सैजन कटेज र विनर मिझ्नी घर धनगढीको सहयोग रहेको छ ।