कैलाली । दर्शकहरुको लामो पखाईमा रहेको थारू म्युजिक भिडियो‘मायाके जालसे महिन फसैलो’ सार्वजनिक भएको छ ।
शुक्रबार सिएस युट्यूव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । मोडल तथा नायक मुकुण्ड जिसी, मोडल सुमित्रा चौधरी, बाल कलाकार रिया दहित र कलाकार लायकसिंह दहितको अभिनय रहेको एक कथा बोकेको गीत दर्शकहरुको माझ आएको छ ।
गायिका समिक्षा चौधरी र गायक श्याम चौधरीको स्वरमा रहेको गितको एरेन्ज गणेश चौधरीले गरेका छन् भने मिक्स मास्टरिङ्ग चन्द्र चौधरीले गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा भाईरल बनेको यो गित धनगढीमा एक सुटिङ्ग सेट बनाएर छायाँकन गरिएको थियो । जसका छायाँकार, ईडिट, मिक्सीङ्ग र कलर सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन सुधराम दहितको रहेको छ ।
सुटिङ्ग सेटमा लाईटिङ्ग तथा जनिजी ओपरेटिङ्ग छल्लु दादाले गरेका थिए भने मेकअप प्रिया चौधरीको रहेको छ । कथाको डाईलक अनिल कुश्मीको रहेको छ ।