७ फाल्गुन २०८१, बुधबार February 19, 2025

नेपाल राष्ट्र बैंक धनगढीमा माछापुच्छ्रे बैंकको क्यु. आर.कोड सेवा मार्फत सटही सुविधा

१ कार्तिक २०८०, बुधबार
नेपाल राष्ट्र बैंक धनगढीमा माछापुच्छ्रे बैंकको क्यु. आर.कोड सेवा मार्फत सटही सुविधा

धनगढी । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयमा माछापुच्छ्रे बैंकको क्यु.आर. कोड सेवा मार्फत सटही सुविधा लिन सकिने भएको छ । नेपालीहरूको महान चाड बडा दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढवा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्कले नेपाल राष्ट्र बैङ्क धनगढी कार्यालयमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त क्यु. आर. कोड सेवा नेपाल राष्ट्र बैङ्कका निर्देशक बिनोद राज लेखक र माछापुच्छ्रे बैंक सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्यायले संयुक्त रूपमा हस्ताक्षर गरी २०८० असोज २९ गते देखि सेवा सञ्चालनमा आएको छ ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट तथा भा.रु. सटही लिन आउने सेवाग्राहीहरूले (क्यु.आर) मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने नेपाल राष्ट्र बैङ्कका निर्देशक बिनोद राज लेखकको भनाई छ ।

यस बाहेक फरक फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको माछापुच्छ्रे बैंक सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्यायले बताए ।

यस्तै, बैङ्कले नगदरहित बैकिङ्गलाई बढवा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढी रहेको माछापुच्छ्रे बैंक धनगढीका शाखा प्रबन्धक शिवराज पाठकले जानकारी दिए ।