७ बैशाख २०८१, शुक्रबार April 19, 2024

थारु म्युजिक भिडियो ‘लेहंगा फरियम देख्थु’ सार्वजनिक

२ कार्तिक २०७९, बुधबार
थारु म्युजिक भिडियो ‘लेहंगा फरियम देख्थु’ सार्वजनिक

कैलाली । गायक राजु चौधरी (राज) को दुई दशक पहिले रेकर्ड गरिएको एल्बम सोला सिंगार को ‘लेहंगा फरियम देख्थु तुही’ भन्ने गितमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियो सुलभ फिल्म् प्रा.लि. युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । कैलारी गाउपालिका वडा नम्बर २ बसौटी गाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा नायक संगत थारु र बिरा फिल्मकी नायिका समु चौधरीको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोमा गायक राजु चौधरी (राज)को पनि अभिनय रहेको छ ।
गायक चौधरीको बहुचर्चित गित रहेको उनले यस म्युजिक भिडियोलाई आफ्नो ड्रीम प्रोजेक्ट रहेको बताएका छन् । म्युजिक भिडियोमा थारु मुङग्रहुवा नाच र सखिया नाच पनि प्रस्तुत गरिको छ । म्युजिक भिडियोलाई निर्देशक सुधराम दहितले निर्देशन गरेका छन् । कोरियोग्राफी आदर्श महतोको र छायांकन तथा सम्पादन दया शंकर चौधरीले गरेका छन् ।
गीतको शब्दमा राजु रत्गैयाको रहेको छ भने स्वर राजु चौधरी (राज) र प्रमिला चौधरीको रहेको छ ।