१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

दुई दशक अगाडी चर्चित थारु गीत ‘लेहंगा फरियम देख्थु’ को म्युजिक भिडियो छायांकन

३१ आश्विन २०७९, सोमबार
दुई दशक अगाडी चर्चित थारु गीत ‘लेहंगा फरियम देख्थु’ को म्युजिक भिडियो छायांकन

कैलाली । गायक राजु चौधरी (राज) को दुई दशक पहिले रेकर्ड गरिएको एल्बम सोला सिंगार को ‘लेहंगा फरियम देख्थु’ तुहि भन्ने गित को म्युजिक भिडियो को छायांकन सम्पन्न भएको छ ।
कैलारी गाउपालिका वडा नम्बर २ बसौटी गाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा नायक संगत थारु र बिरा फिल्मकी नायिका समु चौधरीको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोमा गायक राजु चौधरी (राज)को पनि अभिनय रहेको छ ।
गायक चौधरीको बहुचर्चित गित रहेको उनले यस म्युजिक भिडियोलाई आफ्नो ड्रीम प्रोजेक्ट रहेको बताएका छन् । म्युजिक भिडियोमा थारु मुङग्रहुवा नाच र सखिया नाच पनि प्रस्तुत गरिको छ । म्युजिक भिडियोलाई निर्देशक सुधराम दहितले निर्देशन गरेका छन् । कोरियोग्राफी आदर्श महतोको र छायांकन तथा सम्पादन दया शंकर चौधरीले गरेका छन् ।
गीतको शब्दमा राजु रत्गैयाको रहेको छ भने स्वर राजु चौधरी (राज) र प्रमिला चौधरीको रहेको छ ।
म्युजिक भिडियो दिपावली अगाडी नै सुलभ फिल्म प्रा.लि. युट्यूब च्यानलबाट सार्वजनिक गरिने जनाइएको छ ।