२२ भाद्र २०८१, शनिबार September 7, 2024

उर्गेन र अन्नु चौधरीको स्वर रहेको ‘लजालु मायालु’ ३ हप्तादेखि ट्रेन्डिङको शीर्षस्थानमा

२७ आश्विन २०७९, बिहीबार
उर्गेन र अन्नु चौधरीको स्वर रहेको ‘लजालु मायालु’ ३ हप्तादेखि ट्रेन्डिङको शीर्षस्थानमा

काठमाडौं। यूट्युबको नेपाल ट्रेन्डिङमा संगीततर्फ ३ हप्तादेखि पहिलो स्थान छाडेको छैन एउटा गीतले । त्यो भाग्यमानी गीत हो ‘लजालु मायालु’ । १ महिनाअघि सार्वजनिक गीत केही दिनमै ट्रेन्डिङको शीर्ष स्थानमा उक्लियो र शीर्ष स्थानबाट पछाडि गएको छैन । गीतलाई स्रोता–दर्शकले अत्यन्त धेरै रुचाएका छन् ।

फलस्वरूप गीत टिकटकमा निकै भाइरल हुन पुग्यो । यूट्युबमा छोटो समयमै गीतले १ करोड भ्युज पार गरिसकेको छ । बिहीवार दिउँसो गीतको यूट्युब भ्युज १ करोड २२ लाख पुगिसकेको छ । ‘लजालु मायालु’ तामाङ, थारु र खस भाषाको मिश्रण रहेको गीत हो । गीतमा गायक उर्गेन दोङ र गायिका अनु चौधरीले स्वर भरेका छन् ।

गायक तथा संगीतकार उर्गेन दोङ र वीरेन्द्र दोङको शब्द एवं संगीत रहेको गीतको थारु शब्द रोहन खत्रीले लेखेका हुन् । गायक एवं संगीतलाई उर्गेनले नै गीतलाई एरेन्ज गरेका हुन् । शब्द, संगीत मिठो भएकाले होला, स्रोता–दर्शकले निकै रुचाएका छन् । गीतको भिडियोमा उर्गेन दोङ, रोहन खत्री, आकांक्षा आचार्य र विजय दोङले अभिनय गरेका छन् । विकास प्रसाईंको निर्देशन रहेको भिडियोलाई जितु तामाङले छायांकन, विजय दोङले सम्पादन गरेका हुन् ।

३ मिनेट १६ सेकेण्डको गीतको भिडियोमा आएका ३ हजार ६०० बढी प्रतिक्रियामध्ये अधिकांश सकारात्मक छन् ।