२७ आश्विन २०८१, आईतवार October 13, 2024

रानाथारु भाषाको “नाच गीत संग्रह“ लोकार्पण, भाषा संरक्षणमा टेवा

१४ कार्तिक २०७८, आईतवार
रानाथारु भाषाको “नाच गीत संग्रह“ लोकार्पण, भाषा संरक्षणमा टेवा

धनगढी । रानाथारु भाषाको “नाच गीत संग्रह” नामक किताबको लोकार्पण कार्यक्रम सम्पन्न भएको भएको छ । आँगनबारी मिडिया प्रा.लि. धनगढीद्वारा प्रकाशन भएको किताबको पूर्व मन्त्री नारदमुनि रानाले गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले लोप हुँदै गइरहेको रानाथारु समुदायको भाषा संस्कृतिलाई यस कितावले संरक्षण तथा सम्वद्र्घनमा टेवा पुर्याउने बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल सिंह राना रहेका थिए । उनले नाच गीत संग्रह नामक किताबले रानाथारु समुदायको संस्कृति बचाउनमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
रानाथारुहरुको ठडिया नाचमा गाउने गीत यस किताबमा रहेको छ । यस किताबको माध्यमले लोप हुन लागेको ठडिया नाचको जगेर्ना हुने विश्वास लिएको बताए । नेपाल रानाथारु समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा फगुनि उपन्यासका लेखक पदम रानाले हाम्रो रानाथारु समुदायमा थुपै्र प्रतिभाका धनी व्यक्तिहरु रहेको उनीहरुको प्रतिभालाई उजागर गर्नु पर्ने बताए । साथै नाच गीत संग्रह नामक पुस्तकले रानाथारुको भाषा बचाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा वेलौरी नगरपालिका ३ मा रहेका पडाव गाउँका पधना, भलमन्सा र स्थानीयहरुको उपस्थित रहेको थियो । कार्यक्रम आँगनबारी मिडिया प्रालिका अध्यक्ष नन्दलाल रानाको सभापतित्वमा भएको थियो ।

कार्यक्रमको स्वागत सबेरो अर्धवार्षिक पत्रिकाकी भाषा सम्पादक जनमति रानाले गरेकी थिइन् भने संचालन राममिलन रानाले गरेका थिए ।