३० बैशाख २०८२, मंगलवार May 13, 2025

धनगढीमा पेट्रोलियम पदार्थको अभाव

१० कार्तिक २०७८, बुधबार
धनगढीमा पेट्रोलियम पदार्थको अभाव

धनगढी । धनगढीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतको पलिया नजिकै शारदा पुल अबरुद्ध भएपछि पेट्रोलियम पदार्थ निर्यात धगढीमा पेट्रलियम पदार्थको अभाव भएको हो । पलियाको शारदा पुल केही दिन देखी यातायात अबरुद्ध भएको छ । सो पुल अबरुद्ध भएपछि कानपुरबाट पेट्रोलियम पदार्थ आयात हुन सकेको छैन ।
‘पेट्रोलियम बोकेका ट्यांकर धनगढीम आउन सकेका छैन’ अयाल निगम धनगढीका प्रमुख रामकुमार न्यौपानेले भने–‘सडक संचालनमा आउने बित्तिकै ३३ वटा ट्यांक्र धनगढी पुग्नेछन् ।’ भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको आयल निगम धनगढीमा अहिले पेट्रलियमको भण्डारण समेत रित्तिएको छ ।