२२ भाद्र २०८१, शनिबार September 7, 2024

तत्काल राहत र पुनस्र्थापना प्याकेज घोषणाको माग

७ कार्तिक २०७८, आईतवार
तत्काल राहत र पुनस्र्थापना प्याकेज घोषणाको माग

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न कृषक संघ संगठनले प्रदेश सरकारलाई बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुर्नस्र्थापना प्याकेज घोषणाका लागि अनुरोध गरेका छन् ।
आईतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई विभिन्न माग सहितका ज्ञापन पत्र बुझाउँदै अनुरोध गरेका हुन् ।
कृषि संकटग्रष्त क्षेत्र घोषणा गरि प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास गुमाउन पुगेकाहरुका लागि उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाका लागि बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन लगायतका माग सहित ज्ञापन पत्र बुझाईको हो ।


ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश बहादुर थापा बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नु पर्ने बताएका थिए । उनले बाढी प्रभावित घरपरिवारमा अहिले नै भोकमरीको अवस्था सृजना भइसकेकोले तत्काल उचित राहतको व्यवस्थापन गर्नु पर्ने मा जोड दिएका थिए । । यसका साथै उनले कृषि पेशा सुरक्षाका लागि बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन ध्यानाकार्षण गराएका थिए ।
गैर सरकारी संस्था महासंघ नेपालका सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवि प्रसाद खनाल कृषकहरुका लागि हिउँदे बालीका निःशुल्क रुपमा विउविजन लगायत मलखादको पनि सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले किसानका लागि राहत प्याकेज, हिउँदे बालीका लागि अनुदानमा बिउविजन लगायत सहज र सहुलियत दरमा मलखादका लागि विभिन्न सरोकारवाला निकायसंग छलफल भइरहेको जानकारी गराइन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुन कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
गत असोज ३१ गते देखि भएको बेमौसी बर्षासंगै आएको बाढी पहिरो र डुबानले सुदूरपश्चिम प्रदेश अन्तरगतका ९ जिल्ला प्रत्यक्ष रुपमा प्रभावित भएको छ । बाढी पहिरोमा परि ३० भन्दा बढिले ज्यान गुमाएका छन् भने २८ जना भन्दा बढि बेपत्ता भएका छन् । यसका साथै बाढी पहिरोले दुई हजार भन्दा बढि घर डुवान तथा क्षति भएको छ । बाढी पहिरोले प्रदेशको करिब ३० हजार हेक्टर भन्दा बढि जमिनमा लगाईको धानबाली पूर्ण रुपमा क्षति भएको छ ।