९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कार्तिक १४ गतेसम्म धनगढी र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

७ कार्तिक २०७८, आईतवार
कार्तिक १४ गतेसम्म धनगढी र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

धनगढी । धनगढी र आसपासका क्षेत्रमा आज कार्तिक ७ गतेदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ ।
कार्तिक १४ गतेसम्म ८ दिन विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए । उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । प्राधिकरणले जारी गरेको सूचनामा स्थान भने खुलाइएको छैन ।
धनगढी वितरण केन्द्रअन्तर्गत धनगढी सहित कैलारी गाउँपालिका, गोदावरी, गौरीगंगा, चुरे लगायतको क्षेत्र पर्छ । विद्युत प्राधिकरणले समय समयमा फेडर डाउन गरेर बुस कटिङ अर्थात प्रशारण लाइनमा रहेको झाडी हटाउदै आएको छ ।