७ फाल्गुन २०८१, बुधबार February 19, 2025

दलित महिला अधिकार मंचद्वारा बाढी प्रभावितलाई खाद्यन्न सामाग्री वितरण

६ कार्तिक २०७८, शनिबार
दलित महिला अधिकार मंचद्वारा बाढी प्रभावितलाई खाद्यन्न सामाग्री वितरण

कैलाली । दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिका वडा नं ३ शिवरत्नपुरका १७ घरधुरी बाढी प्रभावित परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
डि.सि.ए.को आर्थिक सहयोगमा दलित महिला अधिकार मंच नेपालद्वारा संचालित आधार परियोजना अन्र्तगत उक्त खाद्य सामाग्री वितरण गरिएको हो । उक्त सामाग्रीहरु एक कार्यक्रमका विच दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरे, डिसिएका परियोजना संयोजक जगदिश भटट् र आधार परियोजना संयोजक सिर्जना पराजुलीले संयुक्त रुपमा बितरण गरेका थिए ।


प्रतिघरधुरी २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल, १ केजी चिनी, २०० ग्राम चियापत्ती, १ प्याकेट सोयाबिन, १ प्याकेट नुन वितरण गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी दिनुभयो ।
कैलारी गाउँपालिका, नेपाल रेडक्रस सोसाईटीसंगको समन्वयमा दलित महिला अधिकार मंच नेपालले खाद्य सामाग्री, युनिसेफले हाईजिन किट र मर्सिकोरले भाँडाकुँडा सहित बाढी प्रभावित १७ घरधुरीलाई पूर्ण प्याकेज सामाग्री बितरण गरिएको हो ।