३२ असार २०८१, सोमबार July 15, 2024

चौधरी फाउण्डेशनद्वारा बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री

६ कार्तिक २०७८, शनिबार
चौधरी फाउण्डेशनद्वारा बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री

कञ्चनपुर । चौधरी ग्रुप अन्तरगतको सामाजिक संस्था चौधरी फाउण्डेशनले दोधारा चाँदनी नगरपालिका, कञ्चनपुरका तीन सय बाढी प्रभावित घरधुरीका लागि खाद्य राहत सामाग्री उपलब्ध गराएको छ ।
फाउण्डेशनका तर्फबाट सीजी फुडका विक्रि प्रबन्धक सुनिल कुमार सुवेदी, सीजी ब्रुअरीका विक्रि प्रबन्धक मनोज घिमिरे र सीजी स्न्याक्सका सहायक विक्री प्रबन्धक एकेन्द्र साउँदले राहत सामाग्री नगरपालिकाका मेयर बीर बहादुर सुनार र उपमेयर चीनी ओझालाई हस्तान्तरण गरेको हो ।
फाउण्डेशनले राहत सामाग्रीहरु छ सय पाकेट सात सय ५० ग्रामको वाइवाइ चिकेन भुजिया चाउचाउ, एक हजार आठ सय पाकेट मीमी वाइवाइ चाउचाउ, तथा छ सय थान रियो जुस उपलब्ध गराएको हो ।
अबिरल वर्षाका कारण महाकाली नदीमा आएको उच्च बाढीले दोधारा चाँदनी क्षेत्रमा डुबान भइ विपतको अवस्थामा तत्काल राहत उपलब्ध गराएको चौधरी ग्रुपका प्रदेश प्रशासक बन्सीराम डगौंराले बताए ।