२९ असार २०८२, आईतवार July 13, 2025

थरुहट मोर्चाद्वारा राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह

४ कार्तिक २०७८, बिहीबार
थरुहट मोर्चाद्वारा राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चा संयोजन समिति कैलालीले बाढी पहिरो प्रभावितहरुका लागि तत्काल राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह गरेको छ ।
जिल्ला संयोजक माधव चौधरी हस्ताक्षरित जारी प्रेस विज्ञप्ती मार्फत प्राकृतिक विपत्तीका कारण समग्र किसानवर्गमा पु¥याएको क्षतिबारे तत्काल राहत तथा क्षतिपूर्ति व्यवस्थापन गर्न अपिल गरेको हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ–‘यही असोज ३१ गते देखि कार्तिक २ गतेसम निरन्तर अविरल वर्षाका कारण बाढी पहिरोको विपत्तीमा परि ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ र र घाइते जनमा शिघ्र स्वास्थ्यलाभको कामनागर्दछौ । ज्यानको प्रवाह नै नगरी उद्धारमा अहोरात्र खटेका सुरक्षाकर्मी, सरकारी गैरसरकारी निकायकाप्रतिनिधिआम स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’
साथै प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ–‘यस प्राकृतिकविपत्तिका कारण देश भरि नै आमकिसानवर्गको अतुलनीय क्षति भएको छ । यस विपत्तिमा धानवालीको नाश मात्रै नभई आगामी हिउँदे वालीलाई पनिप्रतिकुल असर पर्न सक्ने सम्भावना भएकोले दिर्घकालिन प्रकोपलाई मध्यनजर गरी तत्काल राहतको प्याकेज अगाडी सारी जनतालाई प्रोत्साहन गर्ने, सही र सत्य तथ्यतथ्यांक संकलन गरी क्षतिको सहीमुल्यांकन गरी तत्काल क्षतिपुर्ति ब्यवस्थापन गर्न यसै प्रेस विज्ञप्ति मार्फत आग्रह गर्दछौ । साथै समस्यामा परेका आमजनसमुदायलाई सहयोग र राहत तथा उद्धारमा जट्न समग्र स्वयंसेवीजनमा हार्दिक अपिल गर्दछौ ।’