८ बैशाख २०८१, शनिबार April 20, 2024

परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा

११ आश्विन २०७८, सोमबार
परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको परिश्रमी महिला कृषक समुहको १४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ९ मा रहेको परिश्रमी महिला कृषक समुहका अध्यक्ष दिला डंगौराको अध्यक्षतामा भएको हो । साधारण सभाका प्रमुख अतिथि प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष बिर बहादुर डगौरा रहेका थिए । विशिष्ट अतिथि वडा नम्वर ९ का वडा अध्यक्ष राम सिंह धामी रहेका थिए । कार्यक्रमका अन्य अतिथीहरुमा कृषि ज्ञान केन्द्र कञ्चनपुरका वागवानीका अध्यक्ष आशिष पाठक, महाकाली प्रादेशिक अस्पतालका सञ्चालक समिति सदस्य हरिराम डंगौरा, बेदकोट नगरपालिका कृषि विकास शाखाका देव राज बडु रहेका थिए ।
कृषक समुहको ५ लाख ८६ हजार ५ सय रुपैया बचत रहेको र २ हजार ८७५ रुपैया खर्च भएको परिश्रमी महिला कृषक समुहका पदाधिकारी सिता डंगौराले जानकारी दिइन् । कार्यक्रममा बोल्ने बक्ताहरुले कृषक समुहको प्रगति र कोष वृद्धिका लागि आबद्ध हुन नसकेका महिलाहरुलाई समुहमा आबद्ध गराइ महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रममा थारु समुदायमा नाचिने छोकरा नाच समेत प्रस्तुत गरिएको थियो ।