२१ मंसिर २०७८, मंगलवार December 7, 2021

थारू म्युजिक भिडियो ‘जिया मोर लागेना’ को धमाधम छायांकन

११ आश्विन २०७८, सोमबार
थारू म्युजिक भिडियो ‘जिया मोर लागेना’ को धमाधम छायांकन

कैलाली । हमार म्युजिक बगियाले नयाँ थारू म्युजिक भिडियो ‘जिया मोर लागेना’ ल्याउने तयारी गरेको छ ।
भिडियोको अहिले टीकापुर पार्क लगायत विभिन्न ठाउँमा धमाधम छायांकन भइरहेको छ । दशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरि ल्याउन लागेको भिडियोमा थारु समुदायको सखिया, मुंग्रह्वा लगायतका कल्चरल नाचगानलाई समेटिएको छ । लोप हुँदै गइरहेको थारू लोक कला गीतबासलाई संरक्षण सम्र्वद्धन र प्रमोट गर्नका लागि म्युजिक भिडियोमा कल्चरल थारु नाचगान समेटिएको फेरु चौधरीले बताए ।


रोमन्टिक गीत ‘जिया मोर लागेना’ मा बन्न लागेको म्युजिक भिडियोमा देवदास र रितु चौधरीको मोडलिङ रहेको छ । गीतको शब्द फेरु चौधरी र संगीत समिक्षा चौधरीको रहेको छ । रियाज स्टुडियोमा रेकर्डिङ भएको गीतमा बिजय चौधरी समिक्षा चौधरी र संगीता चौधरीको स्वर रहेको छ । गीतको एरेन्जर पुस्कर खत्रीले गरेका छन् ।


म्युजिक भिडियाको निर्देशन सुधराम दहितले गरिरहेका छन् भने क्यामेरामा बिहारी दहित र मनोज चौधरी रहेका छन् । मेकअपमा सानु कुश्मी रहेका छन् । म्युजिक भिडियो दशैं अगाडि नै बजारमा आउने निर्माण पक्षले जनाएको छ ।