१७ जेष्ठ २०८३, आईतवार May 31, 2026

कैलारी गाउँपालिकाद्वारा सहयोगको अपिल

३० भाद्र २०८२, सोमबार
कैलारी गाउँपालिकाद्वारा सहयोगको अपिल

धनगढी, ३० भदौ । कैलारी गाउँपालिकाले सहयोगको अपिल गरेको छ ।
जेनजी आन्दोलनको क्रममा यहि भदौ २४ गते गाउँपालिकाको प्रशासकीय भवनमा आगजनी तथा वडा कार्यालय जलेर नष्ट भएको र अन्य भवनमा पनि भौतिक क्षति भएर दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाहमा असहजता भएकोले सहयोगको अपिल गरेको हो ।


गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाबासीलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, सूचना प्रविधि उपकरण तथा अन्य सहयोगका लागि उद्योगी व्यापारी, सहकारी तथा गैरसरकारी संस्था, औद्योगिक प्रतिष्ठान, इच्छुक व्यक्ति समेतलाई समेत स्वच्छिक रुपमा सहयोगको अपिल गरेको हो ।
साथै गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुका सरसामान पनि फिर्ताका लागि पनि अनुरोध गरेको छ ।