६ चैत्र २०८०, मंगलवार March 19, 2024

हसुलियामा भल्मन्सा, बरघर सम्मेलन, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिन माग

९ आश्विन २०७८, शनिबार
हसुलियामा भल्मन्सा, बरघर सम्मेलन, भल्मन्सा प्रथालाई कानुनी मान्यता दिन माग

राम दहित
हसुलिया, ९ असोज । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा भल्मन्सा, बरघर, महतवाँहरुको प्रथम सम्म्मेलन भएको छ ।
भलमन्सा, बरघर, मतावाँ समिती कैलारीको आयोजनामा जिल्लाको कैलारी गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय सम्मेलन भएको हो । थारु जातीको भलमन्सा प्रथालाई कानुनी मान्यता दिनुपर्ने मागसहित सम्मेलन गरिएको भल्मन्सा, बरघर, महतवाँ समितिका अध्यक्ष सन्तराम चौधरीले बताए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बरघर भल्मन्साहरुले उठाएका मागहरु जायज रहेको बताए । उनले उनीहरुको मागप्रति स्थानीय तह गम्भीर रहेको बताए । अध्यक्ष चौधरीले भने–‘भलमन्सा प्रथालाई कानुनी मान्यता दिनुपर्ने माग जायज रहेको छ, यस विषयमा हामी गम्भिर रहेको छौं । प्रथाको संस्थागत विकासका लागि पहल सूरु भईसकेको छ, नेपालको संविधान र कानुनसँग नबाँझिने र प्रभाव नपार्नेगरी हामीले छिट्टै नीति तयार गछौँ ।’


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारीले थारु संस्कृति तथा परम्परा संरक्षण गर्न अपरिहार्य रहेको बताए । उनले देशमा कानुनी रुपमा न्याय प्रणाली नरहेको बेला स्थापित बरघर भल्मनसा प्रथालाई संस्थागत विकास गर्न जरुरी रहेको औंल्याए ।
त्यस्तै सहायक प्रमुम जिल्ला अधिकारी हिरालाल चौधरीले गाउँघरमा हुने सतही मनमुटाव वा आन्तरिक द्धन्दका घटना समुदाय स्तरमै मिलाउन महत्वपुर्ण भुमिका खेल्ने भलमन्सा प्रथालाई नेपालको संविधानसँग नबाँझिने गरी सहयोग गर्न आफू तत्पर रहेको बताए ।

थारु कल्याणकारिणि सभा जिल्ला कार्यसमितिका उपसभापति माधव चौधरीले भलमन्सा प्रथा कुनै राजनीतिक दलबाट परिचालित नभएको बताए । उनले भलमन्सा प्रथाको संस्थागत विकासका लागि स्थानिय सरकारले अगुवाई गर्नु पर्ने बताए । यसका साथै उनले गाउँमा हुने हरेक गतिविधि र विकास निर्माणका काममा भलमन्साको योगदान रहँदै आएको भएतापनि वर्तमान अवस्थामा चाहेजस्तो विकास भने नभएको बताए ।
कार्यक्रममा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीले थारु जातीको संरक्षणका लागि भलमन्सा प्रथाको निरन्तरता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा भल्मन्सा प्रथाको संस्थागत विकासका लागि अधिवक्ता जुहारीलाल चौधरीले घोषणापत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा गाउँपालिका अन्र्तगतका १ सय १३ गाउँका भलमन्साको उपस्थिति रहेको थियो ।