फूलवारी क्याम्पस विकासका लागि हसुलियामा छलफल - Kailari Online
३१ आश्विन २०७८, आईतवार October 17, 2021

फूलवारी क्याम्पस विकासका लागि हसुलियामा छलफल

७ आश्विन २०७८, बिहीबार
फूलवारी क्याम्पस विकासका लागि हसुलियामा छलफल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी बहुमुखी क्याम्पस विकासका लागि कैलारी गाउँपालिकाको हसुलियामा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्रस्तावित हसुलिया बहुमुखी क्याम्पसका अध्यक्ष ओमकार महतो रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथीहरुमा वडा नम्बर १ का वडा अध्यक्ष बालकृष्ण डगौंरा, दिपेन्द्र माध्यमिक विद्यालयका अध्यक्ष बीरप्रसाद चौधरी रहेका थिए । कार्यक्रमका अतिथीहरुमा दिपेन्द्र माध्यामिक विद्यालयका प्राचार्य विनोद भट्टराई, कैलारी गाउँ कार्यपालिका सदस्य राजेश सुनार लगायत रहेका थिए ।
कार्यक्रममा सहभागी सबै जनाले हसुलियामा क्याम्पस नखुले सम्म फूलवारी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने बताएका थिए ।
फूलवारी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक राजेन्द्र चापागाईले गरेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •