२९ मंसिर २०८१, शनिबार December 14, 2024

क्याम्पस विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल

७ आश्विन २०७८, बिहीबार
क्याम्पस विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी महुमुखी क्याम्पसको विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल गरिएको छ ।
क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर लगायतका विषयमा राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवी लगायत अग्रज व्यक्तित्वहरुसंग छलफल गरिएको हो । यसै बिच बुधबार सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, सुन्दर सुदूर पश्चिमका अभियन्ता गोपाल हमाल, शिक्षा विकास निर्देशानालयका निर्देशक गणेश बहादुर सिंह, जिल्ला समन्वय समिति सदस्य देवी भण्डारी, वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी, वडा नम्बर १८ का मुरारी अधिकारी लगायत व्यक्तित्वहरु बिच अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रिया तथा छलफलबाट जयनन्द भट्टको संयोजकत्वमा धनगढी उपमहानगर पालिका वडा नम्बर १४ मा ४१ सदस्यीय क्याम्पस सहयोग उपसमिति गठन गरिएको छ ।


त्यस्तै असोज ५ गते कैलारी गाउँपालिकाको गदरियामा वडा नम्बर ६ र ९ को संयुक्त भेला गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री मान बहादुर धामी प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी होरीलाल चौधरी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य डि. एल. भण्डारी, जनता माविका अध्यक्ष रामसमझ चौधरी लगायतको सहभागिता रहेको थियो ।
उक्त छलफलबाट बसन्त चौधरीको संयोजकत्वमा ३३ सदस्यीय क्याम्पस सहयोग उपसमिति गठन गरिएको थियो । छलफल तथा अन्तरक्रियामा सहभागि सम्पूर्ण व्यक्तित्वहरुले क्याम्पस विकासका लागि आफूहरुको सहयोग रहने बताएका थिए ।