१ असार २०८१, शुक्रबार June 14, 2024

बी एण्ड सीका सञ्चालक प्रसाईले धनगढीमा क्यान्सर अस्पताल खोल्ने

६ आश्विन २०७८, बुधबार
बी एण्ड सीका सञ्चालक प्रसाईले धनगढीमा क्यान्सर अस्पताल खोल्ने

धनगढी । सुदूरपश्चिममा क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । व्यावसायी दुर्गाप्रसाद प्रसाईंले सुदूरपश्चिमको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका हुन् ।
मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालकसमेत रहेका प्रसाईंले सो कुराको जानकारी गराएका हुन् । धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए।
झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाडौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए।
क्यान्सर अस्पताल सञ्चालनमा आएसंगै इन्डिया लगायत ठाउँमा महंगो उपचार गराइरहेका यस क्षेत्रका जनतालाई राहत मिल्ने उनले बताए ।