कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगतको फूलवारी बहुमुखी क्याम्पसको विकासका लागि आफूहरु प्रतिवद्ध रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सोमबार फूलवारीमा भएको क्याम्पसको उन्नति प्रगति र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले क्याम्पसको सर्वाङ्गीन विकासका लागि आफूहरु प्रतिवद्ध रहेका बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा सामुदायिक क्याम्पसको विकासका लागि आफू लागेको र फूलवारी क्याम्पसलाई सहयोग गर्ने बताए ।
विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले स्थापना काल देखि नै क्याम्पस को विकासमा सहयोग गर्दै आइरहेको र आगमी दिनमा समेत थप सहयोग गर्ने बताए ।
प्रदेश सभा सदस्य सुशिला बुढाथोकी पनि आफू क्याम्पसको समग्र विकासका लागि सहयोग गर्ने बताइन् । यस्तै सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले पनि क्याम्पसको समग्र विकासका लागि आफूले आर्थिक, नैतिक लगायतका सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पस विकासका लागि धिरेन्द्र बहादुर सिंहको संयोजकत्वमा ३३ सदस्यीय क्याम्पस सहयोग उपसमिति गठन भएको छ ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको थियो । यसै बिच क्याम्पसको विकासका लागि आज कैलारी गाउपालिका वडा न ६ र ९ को संयुक्त भेला वडा नम्बर ९ को वडा कार्यालयको हलमा भेला हुने जनाइएको छ ।