कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायत आदिवासी जनजाति संघ संगठनले असोज ३ गतेको दिनलाई कालो दिनको रुपमा मनाएका छन् । मोर्चाको अगुवाइमा कैलालीको जोशीपुरमा नेपालको संविधान २०७२ जारी गरेको दिनलाई कालो दिनको रुपमा मनाएको हो ।
मोर्चाले संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ प्रति बढी विरोध जनाउँदै आएको छ । यसै बिच मोर्चाले संविधान संसोधनको माग नेपालको संविधानको अनुसुचि ४ र धारा २७४ जलाएको छ । मोर्चाका प्रवक्ता माधव थारुले संविधान संसोधन लगायत विभिन्न माग राख्दै विरोध सहित संविधानका धारा जलाएको बताए ।
संविधान जारी भएदेखि नै थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायत आदिवासी जनजाति संघ संगठनले कालो दिनको रुपमा मनाउँदै आएको छ ।