१० आश्विन २०८०, बुधबार September 27, 2023

स्व. दशीराम सत्गौंवालाई मरणोपरान्त प्रवल जनसेवाश्री पदवी

३ आश्विन २०७८, आईतवार
स्व. दशीराम सत्गौंवालाई मरणोपरान्त प्रवल जनसेवाश्री पदवी

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाँफाँटाका स्वर्गीय दशीराम सत्गौंवा चौधरीलाई प्रवल जनसेवा श्री पदवीबाट सम्मान गरिएको छ ।
संविधान दिवस २०७८ को अवसरमा नेपाल सरकारले उनलाई उक्त पदवीबाट सम्मान गरेको हो । स्वर्गीय चौधरीलाई राजनीति र समाजसेवामा योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।


नेपाल कम्यूनिष्ट आन्दोलनका प्रखर कमाण्डर उनी नेकपा –माओवादी) का बटालियन कमान्डर रहेको बेला उनी २०६० साल मंसीर १६ गते तत्कालिन शाही नेपाली सेनाको भिडन्तमा परी सहादत प्राप्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलंकार र पदकद्वारा नौसय बढीलाई विभूषित गर्ने घोषणा गरेकी छन् ।