९ श्रावण २०८१, बुधबार July 24, 2024

क्याम्पसको विकासका लागि अन्तरक्रिया कार्यक्रम

२ आश्विन २०७८, शनिबार
क्याम्पसको विकासका लागि अन्तरक्रिया कार्यक्रम

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी बहुमुखी क्याम्पसको विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको उन्नति, प्रगति र विकास सम्बन्धी सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम भएको हो । क्याम्पसका अध्यक्ष रमेशकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यक्रममा अध्यक्ष चौधरीले क्याम्पसको उन्नति, प्रगति र विकासका लागि गाउँपालिकाबाट हुने सहयोग गर्ने बताए । यसका साथै अध्यक्ष चौधरीले क्याम्पस कैलारी गाँपालिकाबाट क्याम्पस पढ्न आउने विद्यार्थीलाई आउन जान सहजकताका लागि बस खरिदमा लागि बजेट व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा कैलाली अस्पताल प्रा.लि. धनगढीका सञ्चालक जनकराज जोशी क्याम्पसका विद्यार्थी, प्राध्यापक , कर्मचारी तथा अभिभावकहरुको औषधी उपचारमा १० र अपरेशनमा २० देखि ३० प्रतिशत छुटको व्यवस्था गर्ने बताए । साथै उनले क्याम्पसको विकासका लागि रु ५१ हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
यसै बिच गौरीशंकर रेग्मीको संयोजकत्वमा ५१ सदस्यीय क्याम्पस सहयोग उपसमिति गठन गरिएको छ । सोही कार्यक्रममा अध्यक्ष चौधरीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन क्याम्पस प्रमुख यम पौडेलले गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी लगायत राजनीतिक दलका प्रतिनीधी, बरघर भलमन्सा, समाजसेवी, वुद्धिजिवीहरुको उपस्थिति रहेको क्याम्पस व्यवस्थापन समितिका सदस्य बलबहादुर चौधरीले जानकारी दिए ।