२१ मंसिर २०७८, मंगलवार December 7, 2021

अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक (भिडियो सहित)

१ आश्विन २०७८, शुक्रबार
अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक (भिडियो सहित)

कैलाली । थारू गीत ‘चम चमके बिन्दिया’ मा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुलभ फिल्मस् प्रालिको प्रोडक्सन रहेको भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको मुख्य अभिनय रहेको छ । भिडियोको प्रोड्यूसरमा प्रकाश चौधरी र कोप्रोड्यूसर मुकेश चौधरी रहेका छन् ।
गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् । सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई आदर्श महतोले कोरियोग्राफी गरेका छन् । उमेश मुस्कानको शब्द रहेको गीतको एरेन्ज केशव बडुले गरेका छन। भिडियो छायांकन दयाशंकर चौधरीले गरेका छन् ।
भिडियो शुलभ फिल्मस् प्रालिको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।