६ बैशाख २०८२, शनिबार April 19, 2025

‘चञ्चल मोर मन’ को छायांकन सम्पन्न

३१ भाद्र २०७८, बिहीबार
‘चञ्चल मोर मन’ को छायांकन सम्पन्न

कैलाली । आजभोलि धमाधम थारु म्यूजिक भिडियो निर्माण भइरहेको छ । कोरोनाले थला परेको थारु सांगितीक क्षेत्र जारी निषेधाज्ञा खुलुको भएसंगै केही दिन यता धमाधम गीत रेकर्डिङ्ग संगै म्यूजिक भिडियो पनि धमाधम निर्माण भइरहेको छ ।
यसै क्रममा थारु म्यूजिक भिडियो ‘चञ्चल चञ्चल मोर मन’ को छायांकन सम्पन्न भएको छ । सुदूररपश्चिम प्रदेशको पहाडी क्षेत्रमा छायांकन भएको भिडियो चाँडै नै बजारमा आउने निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोमा मुकुन्द जिसी, सुशिला कार्की, आर्यन र अन्जु कुश्मीको मुख्य अभिनय रहेको छ । गणेश चौधरीको संगीत रहेको गीत अन्जु कुश्मी र गणेश चौधरीले स्वर दिएका छन् ।
पोष्ट प्रोडक्सन मल्टीफ्रेम स्टुडियोको रहेको छ । भिडियोको छायांकन रोशन चौधरीले गरेका छन् । भिडियो चाँडै नै मल्टीफ्रेम स्टुडियोको युट्यूव च्यानलबाट सार्वजनिक हुने जानकारी दिएका दिए ।