७ बैशाख २०८१, शुक्रबार April 19, 2024

कामना सेवा विकास बैंकद्वारा डस्टविन वितरण

३० भाद्र २०७८, बुधबार
कामना सेवा विकास बैंकद्वारा डस्टविन वितरण

राम अवतार चाैधरी

कपिलवस्तु । कामना सेवा विकास बैंक चन्द्राैटा शाखाले शिवराज नगर भित्रका ३ विद्यालयलाई १२ वटा डस्टविन वितरण गरेकाे छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टविन वितरण गरिएको साे बैंकका शाखा प्रमख अनिश लुइँटेलले जानकारी दिए । नगरभित्रका सरस्वती माध्यमिक विद्यालय बानियाँभारलाई ४ थान, सरस्वती आधारभूत शिवपुरलाई ४ थान र समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरलाई गरि १२ थान डस्टविन वितरण गरिएको जनाइएको छ । यस्तै सरस्वती माविका प्रधानाध्यापक बिक्रम केसीले डस्टविन ग्रहण गर्दै प्रदान गरेकाे बैंक परिवारलाई धन्यवाद दिँदै विद्यालयकाे सरसफाइमा टेवा पुग्ने बताए ।

त्यस्तै सरस्वती आधारभूतका व्यवस्थापन समितका अध्यक्ष छ्न्द बहादुर सिंह केसीलाई हस्तान्तरण गरिएको थियाे भने समयथान बहुमुखी क्याम्पसका प्रमुख नामदेव खनाललाई हस्तान्तरण गरिएको बैंक शाखा प्रमुख लुइँटेलले बताए । त्यसैगरी डस्टविन ग्रहण गर्दै क्याम्पस प्रमुख खनालले अझैसम्म कसैले क्याम्पसलाई यस्ता खालका सहयाेग नगरेकाे जनाउँदै सरसफाइमा टेवा पुग्ने बताए ।

सामाजिक उत्तरदायित्व बहन गरि हस्तान्तरण गरेकाे बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा आर्थिक काराेबार मात्रै नभएर यस्ता सामाजिक क्रियाकलापमा अझ सक्रिय भइ याेगदान पुर्‍याउन उनले आग्रह गरे । यसबाट अरुले पाठ सिक्न जरुरी रहेकाे समेत क्याम्पस प्रमुख खनालले उल्लेख गरे ।