२२ भाद्र २०८३, सोमबार September 7, 2026

कैलारीमा बिपद टास्कफोर्सका लागि आत्मसुरक्षा तालिम शुरु

९ आश्विन २०८१, बुधबार
कैलारीमा बिपद टास्कफोर्सका लागि आत्मसुरक्षा तालिम शुरु

हसुलिया, ९ असोज । टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम कैलारी गाउँपालिकामा बुधबार देखि शुरु भएको छ ।
कैलारी गाउँपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोग तथा Cordaid को प्राबिधिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम अयोजना गरिएको हो ।
३ दिने उक्त तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले सहजीकरण गरिरहेका छन ।
तालिमको एक कार्यक्रमका बिच कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी ले उद्घघाटन गरेका थिए । कार्यक्रममा कैलारी गाउँपालिका वडा नं ४ का अध्यक्ष ठागुराम चौधरी,लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका डिआआर टेक्निकल एक्सपोर्ट अफिसर राजेन्द्र रैका ले गरेका थिए ।
तालिममा कैलारी गाउँपालिकाका ९ वटै वडाका टास्कफोर्स र समुदायका अगुवा गरि २५ जनाको सहभागीता रहेको छ ।