१४ असार २०८३, आईतवार June 28, 2026

छटकपुर बसन्ताका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

८ आश्विन २०८१, मंगलवार
छटकपुर बसन्ताका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

धनगढी, ८ असोज । कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्।

कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका स्थानीयले काठे पुल निर्माण गरेका हुन्। गत भदौमा आएको बाढीले नदीमा रहेको पुरानो काठे पुल बगाएको थियो। पुल बगेपछि ओहोरदोहोरमा समस्या भएकाले गाउँवासीले काठको पुल बनाएको स्थानीय जिया चौधरीले जानकारी दिए ।

उनले सो ठाउँमा पक्की पुल निर्माणका लागि डेढ दशकदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे । बाढीले पुल बगाउँदा महत्त्वपूर्ण कृषि सडकमा ओहोरदोहोर ठप्प भएको थियो। धान काटेर भित्र्याउने बेला आएकाले गाउँवासीले आफ्नै लागतमा आफै काठको पुल बनाएको जनाइएको छ।