१६ बैशाख २०८३, बुधबार April 29, 2026

पेट्रोल र डिजेलको भाउ घट्यो

३० भाद्र २०८१, आईतवार
पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाण्डौं, ३० भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।