कैलाली । यहि भदौ २७ गते आइतबारका दिन थारू समुदायको अट्वारी पर्व परेको छ ।
अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ बैशाख १९ गतेको निर्णय अनुसार महत्वपूर्ण पर्वहरुमा प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले भदौ २७ गते आइतबार अट्वारी पर्वमा कैलारी र कञ्चनपुर जिल्लामा, २०७८ पौष १८ गते आइतबार भुवा पर्वमा अछाम, बाजुरा र बझाङ्ग जिल्ला र २०७८ चैत्र ११ गते शुक्रबार खखडेहरा पर्वको अवसरमा कैलाली र कञ्चनपुर जिल्ला सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उता लुम्बिनी प्रदेश सकारले पनि अट्वारीको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ ।
फोटो : मिठ्ठु थारु