२६ फाल्गुन २०८२, मंगलवार March 10, 2026

भदौं २७ गते थारू समुदायको अट्वारी पर्व, प्रदेश सरकारद्वारा सार्वजनिक विदा

२४ भाद्र २०७८, बिहीबार
भदौं २७ गते थारू समुदायको अट्वारी पर्व, प्रदेश सरकारद्वारा सार्वजनिक विदा

कैलाली । यहि भदौ २७ गते आइतबारका दिन थारू समुदायको अट्वारी पर्व परेको छ ।
अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ बैशाख १९ गतेको निर्णय अनुसार महत्वपूर्ण पर्वहरुमा प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


प्रदेश सरकारले भदौ २७ गते आइतबार अट्वारी पर्वमा कैलारी र कञ्चनपुर जिल्लामा, २०७८ पौष १८ गते आइतबार भुवा पर्वमा अछाम, बाजुरा र बझाङ्ग जिल्ला र २०७८ चैत्र ११ गते शुक्रबार खखडेहरा पर्वको अवसरमा कैलाली र कञ्चनपुर जिल्ला सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उता लुम्बिनी प्रदेश सकारले पनि अट्वारीको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ ।
फोटो : मिठ्ठु थारु