धनगढी, २० भदौ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० नुक्लीपुरमा नुक्लीपुर सामुदायिक होमस्टेमा अँट्वारी विशेष कार्यक्रम हुने भएको छ ।
यही भदौ २३ गते रहेको थारुहरुको अँट्वारी पर्वको अवसरमा अँट्वारीको भोलिपल्ट भदौ २४ गते फरहार सहित अग्रासन खाने र सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । थारुहरुको मौलिक खानाको प्रचारप्रसार र प्रबर्द्धन गर्नका लागि कार्यक्रम आयोजना गर्न गइरहेको होमस्टेका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।
उनले अग्रासन कार्यक्रमका लागि १२ प्रकारको खानाको परिकार बनाउने बताए । उनले खानाको परिकारमो अन्डिक रोटी, फुलौरी, खरिया, खुर्मा, घोङ्घी, लोकल माछा, सिध्रा, सुरिक सिकार, लोकल मुर्गा, ढुसापोई लगयातका खानिपन रहने अध्यक्ष दहितले जानकारी दिए । साथै उलनेै स्पेसल अग्रासन सेट जम्मा रु .३५० रुप्या रहने जनाए ।
त्यही बिच हुने सांस्कृतिक कार्यक्रममा एकल डान्स, सखिया नाच, महालोक गायक मनि राम चौधरी, अन्य थारु मोडेलहरु प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।