२६ आश्विन २०८१, शनिबार October 12, 2024

हलिया मुक्ति आन्दोलनका अगुवा श्रीपाईली सम्मानित

२२ भाद्र २०७८, मंगलवार
हलिया मुक्ति आन्दोलनका अगुवा श्रीपाईली सम्मानित

कैलाली । संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सोमबार सम्मान गरिएको छ ।
सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी हलिया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए बाफत उनलाई सम्मान गरिएको हो ।
हलिया मुक्ति आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा कञ्चनपुरको पुर्नवासमा आयोजित १३औँ मुक्त हलिया दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका हुन् । पूर्व सासद श्रीपाईली दशकौँ देखि हलियाहरुलाई संगठित, सुसूचित, जागरण, सचेतना दिदै मुक्ति आन्दोलन र पुर्नस्थापनाका लागि निरन्तर संघर्षरत राष्ट्रिय अभियन्ता हुन ।
दलित अधिकारका लागि राष्ट्रिय संजालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् । उनकै कार्यकाल र विशेष अगुवाईमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौ हलियाहरुले दासताको जिवनबाट मुक्ति पाएका थिए । सम्मानित भएपश्चात श्रीपाईले भने आफू सदैब दलित, कमैया, हलिया, कमलरी र शोषित पीडित सिमान्तकृत समुदायको अधिकारका लागि सदा आवाज उठाई रहने बताए ।